राजनीति

‘ओलीले ल्याएको अध्यादेशमा समर्थन गर्दै ल्याप्चे लगाउने राष्ट्रपतिलाई अहिले विरोध गर्ने अधिकार छैन’


काठमाडौँ – नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले सरकारले संसद् अधिवेशन हठात् अन्त्य गरेर संसद् छल्दै अध्यादेश ल्याउनु कुनैपनि हालतमा ठीक नभएको बताएको छ ।

बुधबार सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै सरकारले ल्याएको पार्टी विभाजन सम्बन्धी अध्यादेशको चर्को विरोध गर्दै संसद्लाई छलेर अध्यादेश ल्याउनु भनेको हिजो पनि गलत आज पनि गलत र जसले गरेपनि गलत भनेको छ ।

साथै, गत वैशाखमा केपी ओली नेतृत्वको सरकारका बेला पनि संसद् छल्दै अध्यादेश जारी गरेको बेला विपक्षमा उभिने जो कोहीले अहिलेको अध्यादेशमा समर्थन गर्ने अधिकार नरहेको टिप्पणी गरेका छन् । त्यस्तै सो अध्यादेशको समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक नहुने थापाले बताएका छन् । यदी वर्तमान सरकारले ल्याएको अध्यादेशलाई समर्थन गर्ने हो भने ओलीको बिरोध गरेकोमा सार्वजनिक रुपमा माफी माग्नु पर्ने उनको तर्क छ ।