राजनीति

अफगानिस्तानबाट उद्धार गरेर कतारमा राखिएका थप ९० जना नेपाली काठमाडौँ आइपुग्दै


काठमाडौँ – अफगानिस्तानबाट उद्धार गरेर कतारमा राखिएका थप ९० जना नेपाली अहिले केहीबेरमा नेपाल आइपुग्दै छन् । कतार एयरवेजको विमानबाट उनीहरू अहिले केहीबेरमा नेपाल आइपुग्ने नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

अफगानिस्तानबाट कुवेत पुगेका केहि नेपाली आउने भनिए पनि उनीहरुको पिसिआर परिक्षण हुन नसकेकाले कुवेतमै रोकिएका छन् । गएराति थप ८७ जना नेपाली स्वदेश फर्किएका छन् । मंगलबार बिहान जजिरा एयरलाइन्सको विमानले १ सय १८ जना नेपाली नागरिक र ९ जना भारतीयलाई ल्याएको थियो । छिमेकी राष्ट्रहरुसँगको निरन्तर प्रयास र समन्वयका आधारमा नेपाली नागरिक काठमाडौँ आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल आइपुगेकालाई आवश्यक प्रक्रिया पूरा गरी सामाखुशिस्थित होल्डिङ सेन्टरमा राखेर आवश्यक प्रक्रिया पुरा गरि व्यवस्थापन गर्ने गरिएको छ । मन्त्रालयका अनुसार कन्सुलर सेवा विभागको वेबसाइडमा २ सय ५६ नेपालीले आफ्नो विवरण दर्ता गरेका छन् ।