राजनीति

अध्यादेश विरुद्ध अनेरास्ववियूको प्रदर्शन


काठमाडौँ – राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू सडक आन्दोलनमा उत्रिएको छ ।

अध्यक्ष ऐन महरले आन्दोलनका लागि आव्हान गरेलगत्तै अखिलका कार्यकर्ताहरूले आन्दोलन गरेका हुन् । काठमाडौँको प्रदर्शनी मार्ग, पुतलीसडक, बागबजार क्षेत्रमा विद्यार्थीले प्रदर्शन गरेका छन् । विचारको बन्धन टुट्दैन, एमाले कहिल्यै फुट्दैन, परमादेशको कम्फर्टेबल सरकार मुर्दावादलगायतका नारा लगाएका छन् ।

प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ । अनेरास्ववियूले दल विभाजनसम्बन्धी सरकारको यो कदमले ७० वर्षदेखिको संघर्षबाट निर्मित संविधान र बहुदलीय व्यवस्थाको विरुद्धमा देशलाई द्वन्द्व, अराजकता र अस्थितरतामा धकेल्ने मनशाय राखेको टिप्पणी गरेको छ ।