राजनीति

नयाँ पार्टी गठन गर्ने माधव नेपालको घोषणा, ओलीको कारबाहीले फरक नपार्ने ठोकुवा


काठमाडौँ – नेता माधव नेपालले नयाँ पार्टी बनाउने घोषणा गर्नुभएको छ । आफू पक्षीय जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै नेता नेपालले नयाँ पार्टी गठन घोषणा गर्नुभएको हो । उहाँले ओलीले आफूसहित १४ जनालाई पार्टीबाट हटाउन गरेको निर्णयले केही फरक नपार्ने बताउँनुभएको छ ।

उहाँले भन्नुभयो, ‘अब पार्टी पुनःगठन गरिनेछ । आन्दोलन जगाइने छ । लोकतन्त्रको झण्डा बुलन्द गरिनेछ । अब सबै पार्टीसँग सहकार्य गर्ने छौँ ।’ उहाँले संगठन विस्तारका लागि जुट्न पनि कार्यकर्तालाई निर्देशन दिनुभयो ।