राजनीति

माधव पक्षका १४ सांसद परे ओलीको कारवाहीमा, निर्वाचन आयोगबाट संसद सचिवालय पुग्यो पत्र


काठमाडौँ – नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारवाही गरेको छ । १४ जना सांसदलाई कारवाहीको पत्र संसद् सचिवालयमा पठाइएको छ ।

कारवाहीका लागि सिफारिस गरिएका सांसदहरुमा माधवकुमार नेपाल, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, लक्ष्मीकुमारी चौधरी, कल्याणी खड्का, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, भवानी खापुङ, विरोध खतिवडा, कलिला खातुन, कृष्णलाल महर्जन रहेका छन् ।

संसद् सचिवालयमा बुझाएको पत्रको बोधार्थ निर्वाचन आयोगमा पनि पुगेको छ ।