राजनीति

राष्ट्रपतिलाई भेटेर फर्किए प्रधानमन्त्री


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएका छन् ।
राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेश जारी गर्ने मन्त्रिपरिषद बैठकको निर्णय लगत्तै प्रधानमन्त्री देउवा राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शीतल निवास पुगेका थिए ।

भेटमा देउवाले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी नगर्दा संसद र सरकारले व्यहोर्नुपरेको असहजताबारे जानकारी गराएको बताइएको छ ।