राजनीति

दल विभाजन सम्बन्धी अध्यादेश ल्याए कडा प्रतिवाद गर्ने एमालेको निर्णय


काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी बैठकले सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने निर्णय गरेको छ ।

आज बसेको पार्टी स्थायी कमिटीको बैठकले हठात् संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्दै विरोध गरेको हो । बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने बताउनुभयो ।

पार्टीको संसदीय दलको बैठक पनि आजै दिउँसो ३ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने तयारी छ ।