विदेश

अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने निर्णयको बचाउ गर्दै बाइडेन



काठमाडौँ – अमेरिकी राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने निर्णयको बचाउ गरेका छन् ।

तालिवानले राजधानी काबुल नियन्त्रणमा लिएर जित घोषणा गरेपछि बाइडेन आफ्नो निर्णयको बचाउ गरेका हुन् । काबुल विमानस्थलमा अमेरिकी सैनिक विमानमा त्रस्त अफानीहरुको भिड, अस्तव्यस्ताले अफगानिस्तानमा अमेरिकाको सीमितता प्रदर्शित गरेको छ ।

आफ्नो राष्ट्रपतीय शासनकालको सबैभन्दा खराब संकटमा रहेको बाइडनेले आफ्नो निर्णयको बचाउ गरेका हुन् । अमेरिकी सैनिक फिर्ता हुने निर्णयसँगै आएको अहिलेको अवस्थाबारे मौनता तोड्दै बाइडेनले यसका लागि जिम्मेवार अफगानिस्तानका राजनीतिक नेताहरु र अमेरिकाले तालिम दिएर पनि लड्न नचाहेका अफगान आर्मी रहेको बताए । अमेरिकाको फिर्ती प्रक्रियामा कुनै पनि प्रकारको अवरोध गरेमा भयानक शक्तिको सामना गर्नु पर्ने चेतावनी उनले तालिवानलाई दिएका छन् ।

तालिवानले अफगानिस्तान कब्जा गरेपछि विश्वमञ्चमा अमेरिकाको इमेज पुनः खराब भएको छ । बाइडेनले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दा विश्वमञ्चमा अमेरिका पुनः आएको बताएका थिए । तर अहिले सो छवि धुमिल भएको छ ।