राजनीति

देउवाले एमालेविरुद्व षडयन्त्र गरेको ओलीको आरोप


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी विभाजन गर्ने षड्यन्त्र भैरहेको भन्दै यसप्रति सजग रहन नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

उहाँले पार्टी विभाजनविरुद्ध दृढताका साथ उभिन समेत नेता, कार्यकर्ता, प्रतिनिधिसभा सदस्य र राष्टिय सभा सदस्यहरुलाई अपिल गर्नुभएको हो । सोमबार राति एक विज्ञप्ती जारी गर्दै अध्यक्ष ओलीले एमालेलाई विभाजन गर्न षडयन्त्र गरिएको भन्दै आपत्ति जनाउनुभएको हो ।

एमाले र यस पार्टीको संसदीय दलमा विभाजन ल्याउने कुनै पनि बहाना वा षडयन्त्र पार्टीका लागि मान्य नहुने उहाँको भनाइ छ ।

ओलीको विज्ञप्तिमा लेखिएको छ, ‘पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका माननीय सदस्यहरुलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरु विरुद्ध दृढताका साथ उभिन हार्दिक अपिल गर्दछु ।’

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष ओलीले आफु निकट नेताहरुसँग छलफल गर्नुभएको थियो ।

संसदको चालु अधिवेशन सोमबार रातिदेखि अन्त्य गरेको शेरबहादुर देउवा नेतृत्वको सरकारले एमाले फुटाउने योजनासहित अध्यादेश जारी छलफलपछि उहाले विज्ञप्ति जारि गर्नुभएको थियो ।गर्ने तयारी गरेपछि ओलीले छलफल तीव्र पार्नुभएको हो ।