देश

नारायणी अस्पतालमा अख्तियारको छापा, औषधि खरिदमा रकम हिनामिना गरेको आशंका


काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले वीरगंजको नारायणी अस्पतालमा छापा मारेको छ । अस्पतालको फार्मेसीमा एक करोड २० लाख बढीको औषधि खरिदमा रकम हिनामिना गरेको आशंकामा अख्तियारले छापा पारेको हो ।

फार्मेसीमा करोडौं भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियारको टोलीले अस्पतालमा छापा मारेको आयोगका सूचना अधिकारी विष्णु सापकोटाले बताउनुभयो । उहाँले फार्मेसीको स्टक, म्याद गुज्रेका औषधिको विवरण र खरिद् तथा बिक्री सम्बन्धित कागजातहरु नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

उहाँले पाँच जनाको टोलीले अनुसन्धान गरिरहेको बताउनुभयो ।