अर्थनीति

अर्थमन्त्री शर्माको प्रश्न : सार्वजनिक संस्थानको घाटाको कुरा कति वर्षसम्म उच्चारण गरिरहने हो ?


काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले घाटामा रहेका सार्वजनिक संस्थानबारे सोच्नेबेला आएको बताउनुभएको छ । घाटामा रहेका सार्वजनिक संस्थानहरुको कुरा अब धेरै सुन्न नसकिने भन्दै उहाँले संस्थानलाई नाफामा संचालन गर्ने गरी नीतिगत तथा व्यवस्थापकीय सुधारको खाँचो भएको बताउनुभयो ।

“सार्वजनिक संस्थानको घाटाको कुरा कति वर्षसम्म उच्चारण गरिरहने हो ? कति वर्षसम्म घाटाको रिपोर्ट देखाएर बस्ने हो ? ” आर्थिक वर्ष २०७७–७८ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो । संस्थानहरुलाई आत्मनिर्भर बनाएर नाफामा चलाउनु पर्ने बताउँदै उहाँले यसबारे सोच्नुपर्ने धारणा राख्नुभयो ।

शर्माले अर्थ मन्त्रालयका कर्मचारीहरु विषय विज्ञ मात्र भएर नपुग्ने भन्दै उनीहरुले सामाजिक असमानताको बारेमा पर्याप्त जानकारी लिएको हुनुपर्ने बताउनुभयो । मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अगाडि नै सूचना चुहिएकोप्रति असन्तुष्टि जनाउदै मन्त्री शर्माले त्यो विषयलाई गम्भीर रुपमा लिन आग्रह गर्नुभयो ।