खेलकुद

डिशहोमले नेपाली टेलिभिजनको इतिहासमा नै पहिलो पटक ला लिगा प्रसारण गर्दै


काठमाडौँ – डिशहोमले नेपाली टेलिभिजनको इतिहासमै पहिलो पटक ला लिगा फुटवल लिग सिजन २०२१–२२ प्रसारण गर्ने भएको छ । स्पेनको घरेलु तथा सवैभन्दा माथिल्लो दर्जाको फुटबल लिगको रुपमा लिइने यो प्रतियोगिताको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको छ ।

हाल डिशहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भइरहेकोमा ला लिगाको खेलहरु भने एक्सन स्पोर्टस एचडी २ मा प्रसारण हुनेछ । डिशहोमका ग्राहकहरुले दुई हजार रुपैयाँको सिजन टिकट किनेर एक्सन स्पोर्टस एचडी २ मा लिग अवधिभर संचालन हुने खेलहरु हेर्न सक्नेछन् ।

डिशहोमका मल्टि टिभीका ग्राहकहरुले अतिरिक्त सेट टप बक्समा पनि एक्सन स्पोर्टस एचडी २ हेर्नका लागि थप रु दुई हजारको सिजन टिकट खरिद गर्नु पर्ने हुन्छ । नेपालको पहिलो र एक मात्र स्पोर्टस च्यानल एक्सन स्पोर्टस्ले यस अघि पनि फिफा वल्र्डकप २०१८, युरो २०२० र कोपा अमेरिका २०२१ जस्ता लोकप्रिय तथा विश्वस्तरीय प्रतियोगीताहरु सफलता पूर्वक प्रशारण गरिसकेको छ ।