देश

मोटरसाइकल दुर्घटनामा ३२ वर्षीय युवाको मृत्यु


काठमाडौँ –काठमाडौँको कीर्तिपुर नगरपालिका–३, मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार राति पौने ११ बजे खसीबजारस्थित मोटरसाइकल दुर्घटना हुँदा कैलालीका ३२ वर्षीय दयराम चौधरीको मृत्यु भएको हो ।

बा ७३ प ६०१२ नम्बरको मोटरसाइकलमा सवार कञ्चनपुरको बेलौरी नगरपालिका–३ का चौधरीको उपचारको क्रममा कीर्तिपुर अस्पतालमा गए राति नै मृत्यु भएको जनाइएको छ । उनले चलाएको मोटरसाइकल अनियन्त्रित भई सडक किनारमा रहेको घरको सिँडीमा ठोक्किन पुगेको थियो । घटनामा गम्भीर भएको उनलाई कीर्तिपुर अस्पताल लगिएको थियो ।