समाचार

भरतपुर विमानस्थलको भीआईपी कक्षमा आगलागी


काठमाडौँ – भरतपुर विमानस्थलको भीआईपी कक्षमा आज बिहान ७ बजे आगलागी भएको छ । आगलागीमा कुनै पनि मानवीय क्षति भएको छैन ।

आगलागीको कारण विद्युत चुहावट भएको प्रहरीले जनाएको छ । विमानस्थल प्रहरीले आगलागी भएको थाहा पाएको १० मिनेटभित्र आगो नियन्त्रणमा लिइएको थियो । आगलागी हुँदा सवा एक घण्टा उडान तथा अवतरण सेवा अवरुद्ध भएको थियो ।

आगलागीबाट भीआईपी कक्षका सोफा, कार्पेट, टेबुल, एसी, पर्दालगायत सामग्री जलेर नष्ट भएको छ ।