मनोरञ्जन

द भ्वाइस विजेता किरणले गरे अर्को एम्बुलेन्स दिने घोषणा


काठमाडौँ –‘ द भ्वाइस अफ नेपाल’को तेस्रो संस्करणका विजेता किरण भुटानी शरणार्थीहरुलाई सहयोग गर्न र बधाई ज्ञापन कार्यक्रममा सहभागी हुन उनी झापा पुगेका हुन्।

विजेता भएसँगै किरणले झापाको भुटानी शरणार्थी क्याम्पलाई एउटा र इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाको सहकार्यमा देशको पश्चिम क्षेत्रको लागि एउटा एम्बुलेन्स दिने घोषणा गरेका थिए।

यसैबीच, किरणले अर्को एउटा एम्बुलेन्स पनि सहयोग गर्ने घोषणा गरेका छन्। उनले पूर्व पथरी क्षेत्रको लागि एउटा एम्बुलेन्स सहयोग गर्ने घोषणा गरेका हुन्। बिहीवारको कार्यक्रममा उनले भुटानी शिविरमा रहेका अशक्त र वृद्दवृद्दाहरुलाई जनही ५ हजारका दरले भत्ता सहयोग गरेका थिए।

साथै, मुख्यमन्त्री शेरधन राईले एक कार्यक्रम गरी गजमेरलाई स्वागत तथा सम्मान गरेका थिए। झापाको खुदुनाबारी शिविरमा जन्मेका किरण हाल अमेरिकामा बस्दै आएका छन् ।