अर्थनीति

चालु आवमा मूल्यवृद्धि ६.५ प्रतिशतमा सीमित गरिने


काठमाडौँ – सरकारले चालु आर्थिक वर्षमा मूल्यवृद्धि ६।५० प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आव २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । राष्ट्र बैंकका गभर्नर तरलताको पर्याप्तता, पर्याप्त विदेशी मुद्राको सञ्‍चितिलगायतमा ध्यान दिएर नीति तय गरिएको बताए ।