समाचार

त्रिभुवन विमानस्थलमा विदाइ कार्यक्रम गर्न नपाइने


काठमाडौँ – कोरोना संक्रमणको जोखिम उच्च भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलभित्र गएर विदाइ कार्यक्रम गर्न नपाइने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थाल कार्यालयले विमानस्थलभित्र विदाई कार्यक्रम निरुत्साहित गर्दै अत्यावश्यक बाहेकको अवस्थामा प्रवेश नगर्न आग्रह गरेको हो ।

कोरोना संक्रमणको नया भेरियन्टसहितको दोस्रो लहर बढिरहेकोले विदाइ कार्यक्रम निरुत्साहित गर्न अत्यावश्यक अवस्थाभन्दा बाहेक विमानस्थल प्रवेश नगर्न भनेको हो ।

विमानस्थलमा आवतजावत गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न भनेको हो । शरीरको तापक्रम मापन गराएर टर्मिनल भवन भित्र प्रवेश गर्न, सेनिटाइजरको प्रयोग गर्न लाइन लाग्दा दूरी काम गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललले बताएको छ ।