अर्थनीति

चालु आर्थिक वर्षको बजेटलाई असंवैधानिक भन्दै अर्थमन्त्रीद्वारा ‘स्वेतपत्र’, जारी


काठमाडौँ – देउवा सरकारले अर्थतन्त्रको फेहरिस्त श्वेतपत्र ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक श्वेतपत्र जारी गर्नुभएको हो । अर्थमन्त्री शर्माले संसदमा आर्थिक श्वेतपत्र जारी गर्दै उहाँले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६/७७ मा २ खर्ब १६ मा पुगेको जानकारी गराउनुभयो ।

त्यस्तै, अर्थमन्त्री शर्माले चालु आर्थिक वर्षको बजेट असंवैधानिक रूपमा प्रस्तुत भएको बताउनुभयो । त्यस्तै उहाँले, अघिल्लो सरकारले खोपको फितलो व्यवस्थापन गरेको आरोप समेत लगाउनु भयो । उहाँले बजेट मार्फत आर्थिक वर्ष २०७८/७९ मा घोषणा गरिए अनुसारको आर्थिक वृद्धि नहुने जानकारी सांसदहरुलाई गराउनुभयो ।

त्यस्तै, हाल सम्म सरकारी खर्च बढे पनी पुँजीगत खर्च हुन नसकेको उहाँले स्पस्ट पार्नु भयो ।