बिजनेस

सामान्य अंकले बढ्यो नेप्से, १४ अर्बमाथिको कारोबार


काठमाडौँ – साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक सामान्य अंकले बढेको छ । सोमबार नेप्से परिसूचक १.५४ अंकले बढेर ३ हजार १०९ दशमलव ६६ विन्दुमा पुगेर थामिएको छ ।

आज जलविद्युत् समूहको शेयर ११९ अङ्कले बढेको छ, यस्तै फाइनान्सको ९१, निर्जीवन बीमा समूहको ३९, जीवन बीमा समूहको ४८ र अन्य समूहको शेयर साढे आठ अङ्कले बढेको छ । बैंक, विकास बैंक, होटल, व्यापार, उत्पादन र लगानी समूहको शेयर भने घटेको छ । आज आईसीएफसी फाइनान्स, कर्पोरेट विकास बैंक, हिमालयन पावर पार्टनर, ङादी ग्रुप पावर, नेपाल हाइड्रो, युनियन हाइड्रो, युनियन लाइफ इन्सोरेन्स र जीवन विकास लघुवित्त गरी आठ कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

सोमबार २२४ कम्पनीका दुई करोड ५३ लाख ९३ हजार कित्ता शेयर १४ अर्ब १३ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ६७ करोड ४८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।