बिजनेस

कामना सेवा विकास बैंक र सिडिएससिबीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता


काठमाडौँ – कामना सेवा विकास बैंक र सिडिएससिबिच निक्षेप सदस्यता सम्बन्धी सम्झैता भएको छ । अब कामना सेवा विकास बैंकले पनि निक्षेप सदस्यको हैसियतले सर्वसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ ।

पुतलीसडक स्थित सिडिएससिको कार्यालयमा एक कार्यक्रमका बिच सिडिएससिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

हाल सिडिएससि बाट ७८ वटा संस्थाहरुले निक्षेप सदस्यता प्राप्त गरेका छन् । बैंकले निक्षेप सदस्य सम्बन्धी कार्यहरु शीघ्र संञ्चालनमा ल्याउने योजना बनाएको छ । बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, एक विस्तारीत शाखा लगायत ७० वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।