देश

सीयूजी सेवामा आबद्ध हुने ग्राहकहरूका लागि नेपाल टेलिकमको अफर


काठमाडौँ – नेपाल टेलिकमले कर्पोरेट युजर ग्रुप– सीयूजी सेवामा आबद्ध हुने ग्राहकहरूका लागि विभिन्न अफरहरु ल्याएको छ । कर्पोरेट ग्रुपमा आबद्ध ग्राहकहरुको संख्यामा वृद्धि हुने क्रम जारी रहेका जानकारी दिँदै टेलिकमले सदस्यहरुको आवश्यकतालाई दृष्टिगत गरी रु. २००, रु. ५००, रु. १००० र रु. १५०० दरका विभिन्न सीयूजी प्याकेजहरु उपलब्ध गराएको छ ।

कम्पनीले उपलब्ध गराइरहेको यस सेवामा प्रिपेड मोबाइलका ग्राहकले रु. २०० को प्याकेज अन्तर्गत पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल बाहेक जुनसुकै समयमा प्रयोग गर्न सकिने १ जीबी डाटा सुविधा प्राप्त गर्न सक्दछन् । त्यसैगरी पोस्टपेड मोबाइलका ग्राहकले रु. ५०० को प्याकेज अन्तर्गत जुनसुकै समयमा प्रयोग गर्न सकिने ५ जीबी डाटा सुविधा प्राप्त गर्न सक्दछन् ।

कुनै कार्यालयले यो ग्रुपमा सहभागी हुन चाहेमा न्यूनतम १० जना प्रिपेड/पोष्टपेड मोबाइल प्रयोगकर्ता समेटी आधिकारिक रुपमा कम्पनीलाई जानकारी गराएपछि तोकिएका ग्राहकलाई सीयूजी प्याकेज उपलब्ध गराइने छ ।