राजनीति

महाधिवेशनलाई क्रियाशील सदस्य विवादले असर पार्दैन : उपसभापति निधि


काठमाडौँ – क्रियाशील सदस्यताको विवाद कायमै रहेपनि महाधिवेशनमा कुनै समस्या नपर्ने नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले बताएका छन् । निधिले शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस्तो कुरा बताएका हुन् ।

महाधिवेशन हुनेमा कुनै अन्यौलता नभए पनि भदौमा हुने वा नहुने भन्ने कुरामा भने ढुक्क हुने नसकेको उनले निधिले बताए । उनले मन्त्रिपरिषद् विस्तारको विषयमा बोल्दै सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सहयोग गर्ने दलहरूलाई समेट्न खोज्दा सरकार विस्तारमा ढिलाई भएको स्पष्ट पारे । एमालेका वरिष्ठ माधवकुमार नेपाल सहितका सबै दलहरूलाई समेटेर सरकार विस्तार गर्न खोजेको पनि बताए ।