राजनीति

माओवादीले बोलायो स्थायी कमिटी बैठक


काठमाडौँ – नेकपा माओवादी केन्द्रले आज अपराह्न ४ बजे स्थायी कमिटी बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक विषय तथा सरकारमा सहभागी हुने मन्त्रीहरुका विषयमा छलफल हुनेछ । माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन । सरकारमा पार्टीबाट नेतृत्व कसले गर्ने भन्ने विषयमा माओवादीभित्र विवाद रहेको बताइएको छ ।