बिजनेस

दोहोरो अंकले घट्यो नेप्से, १४ अर्बमाथिको कारोबार


काठमाडौँ – लगातार चार दिन बढेको नेपाली शेयर बजारमा साताको अन्तिम कारोबारको दिन विहीबार भने गिरावट आएको छ । नेप्से सूचक विहीबार १६ अंकले घटेर तीन हजार एक सय सात दशमलव ४५ विन्दुमा झरेको छ ।

विहीबार माइक्रोफाइनान्स समूहको शेयर ३९ अंकले, जलविद्युत समूहको ७६ अंकले, होटल समूहको ४७, अन्य समूहको १७, उत्पादन समूहको ६९, फाइनान्स समूहको २४, जीवन बीमा समूहको ५९ र निर्जीवन बीमा समूहको शेयर ५६ अंकले घटेको छ । आज विकास बैंक समूहको शेयर भने झन्डै एक सय ११ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीको शेयर झन्डै सात प्रतिशतले र घलेम्दी, शिवश्री र रिडी हाइड्रोको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि नेपाल फाइनान्स, कर्णाली विकास बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज दुई सय २६ कम्पनीका दुई करोड ८८ लाख ४५ हजार कित्ता शेयर १४ अर्ब ३१ करोड ६२ लाख रुपैयाँमा किनबेच भएका छन् ।