समाचार

सप्तऋषिको ठगीमा अनुसन्धान गर्न प्रहरीलाई काठमाडौँ सीडीओको पत्राचार


काठमाडौँ – काठमाडौँको मध्यबानेश्वरमा अवैधरुपमा सञ्चालन भइरहेको सप्तऋषि आयुर्वेद प्रा.लि.का बारेमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले चासो देखाएको छ ।

सप्तऋषि आयुर्वेद प्रालिले लामो समयदेखि स्वास्थ्य उपचारको नाममा ठगी धन्दा चलाएकोबारे योहो टेलिभिजनमा समाचार प्रसारण भएपछि अनुसन्धानका लागि सीडीओ कार्यालयले चासो देखाएको छ । पीडितहरुले जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरीका आधारमा महानगरीय प्रहरी परिसरलाई अनुसन्धानका लागि पत्राचार गरिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

महानगरीय प्रहरी परिसर टेकु श्रोतले पनि ठगीबारे अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय टेकुबाट पत्रज्ञ प्राप्त भएको र सोही अनुसार अपराध अनुसन्धान सुरु गरिने जनाएको छ । औषधी व्यवस्था विभाग र आयुर्वेद तथा बैकल्पीक चिकित्सा विभागको समन्वयमा घटनाबारे आवश्यक अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । सप्तऋषि आयुर्वेद प्रा.लि.का सञ्चालक टीकाराम बुढाथोकीले आयुर्वेदका नाममा सोझासिधा जनतालाई गलत आश्वासन दिई ठगी गर्दै आएका छन् ।

भिडियो हेर्नुहोस् :