राजनीति

एमाले विवाद मिलाउन अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताको तयारी


काठमाडौँ –आरोप–प्रत्यारोपमा उत्रिएका एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाटको तयारी भएको छ । विघटित कार्यदलका सदस्यहरूले ओली र नेपाललाई भेटघाटका लागि तयार पारेका हुन् ।

घन्टौँ छलफलपछि सुवास नेम्वाङ र विष्णु पौडेलले ओलीलाई र भीम रावल, सुरेन्द्र पाण्डे लगायतले नेपाललाई भेटका लागि मनाएको बताइएको छ । भेट हुने भए पनि समय र स्थान भने टुंगो लागिसकेको छैन् ।

नाटकीय परिवर्तन नभए अध्यक्ष र वरिष्ठ नेताबीच भेट हुने र सहमति जुट्ने नेम्वाङले बताउनुभयो । विगतको १०बुँदे सहमतिका आधारलाई टेकेर आवश्यक फेरबदल गर्ने जिम्मा ओली र नेपाललाई दिने विघटित कार्यदलले गरिसकेको छ ।

ओली पक्षको स्थायी कमिटी बैठकले नेपाल पक्षलाई ठाउँ खाली राख्दै केन्द्रीय निकाय र विभाग गठन गरेको छ भने नेपाल पक्षले एकताका लागि थप पहल गर्ने निर्णय गरेको छ ।