राजनीति

महन्थ ठाकुरको रिटको सुनुवाइ पनि न्यायाधीश खतिवडाले नै गर्ने


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) बाट आधिकारिकता खोसिएपछि दलविहीन बनेका महन्थ ठाकुरले दायर गरेको रिटको सुनवाइका लागि सर्वोच्च अदालतमा पेशी तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा उक्त रिटको पेशी तोकिएको हो।

निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टी आधिकारिकता दिएपछि ठाकुर पक्ष दलविहीन छ। त्यही निर्णयले आफूमाथि अन्याय भएको जिकिरसहित ठाकुरले आयोग र यादव पक्षलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए।

उनले निर्वाचन आयोगको निर्णय रोक्न माग गर्दै र आयोगको निर्णयपछि दायर गरेका दुवै रिटलाई एकै ठाउँ राखेर सुनुवाइ हुने भएको छ। यसैबीच तत्कालीन नेकपा खारेजीमा परेसँगै केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले प्रवेश गरेका माओवादी केन्द्रका चारको नेताहरुको रिटको सुनुवाइ पनि खतिवडाको इजलासमै हुँदैछ।