खेलकुद

शीर्ष स्थानको बेल्जियमले इटालीको विजयी यात्रामा लाउन सक्ला पूर्णविराम

??????????????????????????? ?????? ?????????????????? ?????? ???????????? ???????????????????????? ??????????????? ????????????????????? ???????????????????????? ??????????????? ??? ????????? ????????????????????? ????????????????????? ?????? ??????????????? ??????????????? ??????????????? ??????????????? ??????????????? ????????? ???

योहो संवाददाता

काठमाडौँ – यूरोकप अर्थात् मिनी विश्वकप । यसलाई मिनी विश्वकपको उपाधि यस कारण पनि दिइयो कि यो विश्वकप पछि सर्वाधिक रुचाईको प्रतियोगिता हो । यूरोकपको खेल स्तरले पनि यो कुरालाई पुष्टि गर्छ । त्यही यूरोकपमा आजबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् ।

यूरोकप सुरु भए देखि नै अप्रत्यासीत नतिजाले सबैको ध्यान आकृष्ट गरेको छ । जसले गर्दा यो यूरोकप झन् रोमाञ्चक हुँदै गईरहेको छ । अप्रत्यासित नतिजासँगै २२ दिनपछि आजबाट यूरोकप क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो क्वाटरफाइनलमा दुई वटा खेलहरु हुँदै छन् । पहिलो खेल राति ९ः४५ मा तीन पटकको यूरोकप विजेता स्पेन र पहिलो पटक यूरोकपको क्वाटरफाइनल पुगेको स्विट्जरल्याण्डबीच हुँदैछ भने दोस्रो खेलमा राति १२ः४५ बजे बेल्जियमले ईटालीको सामना गर्दै छ ।

यी दुई बिचको विजेताले सेमीफाइनलको यात्रा तय गर्नेछन् । स्विट्जरल्याण्ड र स्पेनको खेलको समग्र नतिजा हेर्ने हो भने स्पेन नैै हावी भएको इतिहासले देखाउँछ । उनीहरुबीच अहिलेसम्म जम्मा २२ पटक खेल भएकोमा स्पेनले १६ पटक जित हात पार्दा पाँच पटक बराबरी खेलेको छ भने, एक पटक स्विट्जरल्याण्डले जितेको छ । सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको समूह चरणको खेलामा स्पेनलाई १–० ले पराजित गरेको थियो । तर त्यसै वर्ष विश्वकपको उपाधि स्पेनले जितेको थियो ।


स्टार खेलाडीले भरिएको स्पेनले समूह चरणमा सोचे जस्तो खेल प्रर्दशन गर्न नसके पनि पछिल्लो दुई खेलले लयमा फर्केको देखाएको छ । उसले दुई खेलमा १० गोल गरेको थियो । जुन कि यूरोको इतिहासमा लगातार दुई खेलमा ५–५ गोल गर्ने पहिलो टिम बनेको छ । त्यस्तै फ्रान्सलाई अन्तिम १६ मा पाखा लगाएर क्वाटरफाइनल प्रवेश गरेको स्विट्जरल्याण्डको आत्मबल भने उच्च रहने छ । स्विट्जरल्याण्डले त्यही उच्च मनोबलका साथ जितको शिलशिलालाई कायम नै राख्दै स्पेन विरुद्ध मैदानमा उत्रने छ ।

त्यस्तै, दोस्रो खेलमा दुई ह्याभिवेट राष्ट्र भिड्दै छन् । ह्याभिवेट यस अर्थमा कि फिफा वरीयतामा शीर्ष स्थानमा बेल्जियम रहेको छ भने इटालीले पछिल्ला ३१ खेलमा हारको सामना गर्ने परेको छैन । समूह चरण सजिलै पार गरेको इटालीले नक आउट चरणमा भने अष्ट्रियासँग कडा चुनौतीको सामना गर्नु परेको थियो । इटालीले सन् २०१८ मा नेसन्स लिगमा पोर्चुगलसँग हारे यता हार व्यहोरेको छैन । तर, बेल्जियमले उही पोर्चुगललाई पराजित गरेर अन्तिम आठसम्मको यात्रा तय गरेको हो । त्यसै कारण पनि यस खेलले सबैको ध्यान तानेको छ ।

इटालीको रक्षात्मक पंक्ति कडा देखिरहेको अवस्थामा बेल्जियमको आक्रमणमा भने केही धक्का लागेको छ । बेल्जियमको दुई की प्लेयर कप्तान इडेन हाजार्ड र केभिन डी ब्रुयन घाइते छन् । उनीहरु आजको खेलमा उपलब्ध छन् वा छैनन् त्यसका लागि भने खेलको प्रतीक्षा नै गर्नु पर्ने छ । त्यसो त बेल्जियमको बेञ्च पनि त्यतिकै बलियो रहेका छ । नापोलीबाट व्यवसायीक फुटबल खेल्दै आएका मार्टेन्स र यस वर्ष एथ्लेटिको मड्रीडलाई ला लिगाको उपाधि जिताएका यानिक फरेरा कर्रास्को पनि बेल्जियमको बेञ्चमा रहेका छन् । यसका लागि पनि प्रशिक्षक रोबर्टाे मार्टिनेज केही पक्कै पनि सोचेका होलान् ।