Uncategorized

प्रधानमन्त्री ओलीसँग माधव निकट नेताहरु वार्तामा


काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक अगाडि अध्यक्ष केपी शर्मा ओलीसँग बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु वार्तामा बसेका छन् ।

बालुवाटार स्रोतका अनुसार, अध्यक्ष ओलीसँग नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्यले वार्ता गरिरहेका छन् । वार्ता चलिरहेकाले बालुवाटारमा एघार बजे बोलाइएको बैठक सुरु हुन सकेको छैन ।