समाचार

कालो चिया पिउनुका फाइदै फाइदा


काठमाडौँ – चियामा एन्टी अक्सिडेन्ट, फाइटो केमिकल्स जस्ता फाइदाजनक तत्व हुन्छन् ।

फिक्का अर्थात् दुध नराखेको र चिनी पनि कम राखेको कालो चियाले शरीरलाई ताजगी दिनेमात्र होइन विभिन्न खाले स्वास्थ्य फाइदा पनि हुन्छन् । कालो चिया पिउनुका फाइदा यस्ता छन् :

वजन घटाउने : कालो चियामा क्यालोरी कम हुन्छ । यो पिएपछि भोक कम लाग्छ र त्यसले वजन घटाउनमा सहयोग गर्दछ ।

हृदयाघातको जोखिम कम : दिनहुँ २/३ कप कालो चिया पिउने मानिसहरुमा चिया नपिउने मानिसमा भन्दा हृदयाघातको जोखिम ७० प्रतिशत कम हुन्छ ।

हड्डीको मजबूतीः चियामा फाइदाजनक फाइटोकेमिकल्स हुन्छन् । जसले हड्डीलाई समेत मजबुत बनाउन सहयोग गर्दछन् ।

दाँतको सुरक्षा : चियामा फ्लोराइड तथा ट्यानिन तत्व पाइन्छ जसले दाँतलाई स्वस्थ तथा मजबूत बनाउँदछ ।

रोगप्रतिरोध : कालो चिया पिउनाले सरीरमा रोग प्रतिरोधी क्षमता बढाउँदछ । साथै यसले विभिन्न खाले संक्रमणको जोखिम पनि कम गर्दछ ।

क्यान्सरबाट बचावट : चियामा पोलिफिनाइल्स तत्व हुन्छ । यसले क्यान्सरको जोखिम कम गर्दछ ।

बुढोपना घटाउने : चियामा एन्टी अक्सिडेन्ट तत्व पाइन्छ । यसले उमेर बढेसँगै देखिने बुढोपनका लक्षण कम गर्दछ ।