राजनीति

कांग्रेस संस्थापक नेताका तीन राजकुमार सभापतिको होडमा

??????????????? ????????????????????? ????????????????????? ??????????????? ????????? ??????????????? ?????????????????? ??????????????? ??????????????????????????? ????????? ???????????????????????? ?????????????????? ????????? ????????????????????? ??????????????? ????????? ???????????? ????????????????????? ???????????? ?????????????????? ???????????????????????? ??????????????? ????????????????????? ???

योहो संवाददाता

काठमाडौँ – नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन नजिकिएसंगै नेतृत्वका लागि नेताहरुको दौडधुप कायमै छ । तर कसलाई सभापति मानेर जाने भन्नेमा कुनै पक्ष निष्कर्षमा पुग्न सकेको छैन । जसमध्ये सबैभन्दा चासोको विषय बनेका छन्, तीन संस्थापक नेताका तीन पुत्रहरु ।

नेपाली कांग्रेसभित्र तीन राजकुमार भनेर चिनिएका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह आसन्न १४ औं महाधिवेशनमा सभापतिको प्रमुख मध्येका दाबेदार मानिएका छन् । तीन संस्थापक नेता महेन्द्रनारायण, बीपी, र गणेशमानका पुत्र भएकै कारण उनीहरुलाई राजकुमारका रुपमा अथ्र्याएको हो ।

पार्टीभित्र फरक समीकरणमा आवद्ध भएपनि शीर्ष नेताहरुले नेतृत्व नछाड्ने घोषणा गरेपछि उनीहरु फरक धारको समीकरण बनाएरै भएपनि सभापति शेरबहादुर देउवाबाट नेतृत्व खोस्ने दाउमा छन् ।तीन जनाबीच सहमति गरेर एक जना अघि बढ्दा उसैले कांग्रेसको नेतृत्व लिन सक्ने विश्वासका साथ पटकपटक संवाद र छलफल चलाईरहेका छन् । तर कसले कस्लाई छाडेर अघि बढ्ने निष्कर्ष भने निस्किएको छैन ।

सभापतिका आकंक्षी प्रकाशमान सिंहलेउपप्रधानमन्त्री, पटकपटक मन्त्री, पार्टीको निर्वाचित महामन्त्री र देशभर संगठनको प्रभाव आफ्नो पक्षमा रहेकाले सभापतिका लागि तीनमध्ये आफु नै बलियो भएको दाबी गरेका छन् ।सिंहकै जस्तो दाबी बीपी पुत्रशशांक कोइरालाको पनि छ । बीपीको बलियो विरासत, संसदीय निर्वाचनमा अहिलेसम्म नहारेको, निर्वाचित महामन्त्री र पार्टीलाई एक बनाउन सक्ने खुबी आफुसंग भएकाले सभापतिको विकल्प आफु नै रहेको उनको दाबी छ । यसैलाई आधार मानेर सभापति देउवालाई पराजित गर्न आफू नै तीनमध्ये बलियो उम्मेदवार हुने उनको तर्क छ ।

संस्थापन पक्षको नेतृत्व गरिरहेका सभापति शेरबहादुर देउवाले पुनः दोहोरिने घोषणा गरेपछि उनकै पक्षमा क्रियाशिल रहदैं आएका निधिले पनि सभापतिमा दाबी गरिरहेका छन् । देउवापछि नेविसंघको निर्वाचित अध्यक्ष भएका निधिले पार्टीको उपसभापति, महामन्त्री र सरकारमा समेत उपप्रधानमन्त्री भएकाले आफुनै सभापतिको बलियो दावेदार भएको दाबी गर्छन् । त्यसबाहेक हालको संस्थापन पक्षमा रहेर लामो समयसम्म काम गरेकाले देउवालाई हराउने ताकत आफूमै केन्द्रीत भएको निधिको तर्क छ ।

तीन नेताले मिलेर एक जनालाई अघि बढाउन सके संस्थापन र इतर पक्षको परम्परागत गुट भत्किन सक्ने विश्वास लिएका छन् । तर कसले कसलाई छोड्ने भन्नेमै अल्झिदाँ उनीहरु एक भएर चुनावी मैदानमा होमिने सम्भावना कम देखिन्छ । किनकि अन्य दुई भन्दा आफु सिनियर भएकाले कोइराला र निधिलाई सभापति मान्नु भन्दा पौडेल वा देउवालाई समर्थन गर्ने निष्कर्षमा सिंह पुग्ने कतिपयको आँकलन छ । अझ निधि जस्ता निर्वाचन हारेका र पार्टीको उपसभापति बन्दा खासै प्रभाव जमाउन नसकेका जस्ता व्यक्ति पछि हट्नुपर्ने भनाई राख्दै आएका सिंहले अरुलाई स्वीकार्ने देखिदैन ।

निधि भने तराईको प्रतिनिधित्व र पार्टीमा उपसभापति भएकाले स्वभाविक रुपले आफु सभापति बन्न पाउनुपर्ने अडानमा रहेकाले अरुलाई छाड्ने मानसिकतामा छैनन् । उनी दुई जस्तै अडान पार्टीको महामन्त्रीका रुपमा रहेका कोइरालाको पनि छ । विगतको महाधिवेशनमा सभापति देउवाकै समर्थनमा चुनाव जितेकाले अहिले पनि देउवाको समर्थन पाएर जित्ने विश्वास राख्छन् । यसैकारण उनले आफ्नो कार्यकाल भरी देउवाको विरोध गरेनन् । तर बीपीको विरासत बोकेर राजनीतिमा राजकाज चलाइरहेका शशांकलाईकोइराला परिवारकै शेखरलेचुनौती दिने देखिएको छ । शीर्ष नेताबाट नेतृत्व खोस्न फरक धारको समीकरण बनाउन खोजिरहेका तीन संस्थापक नेताका तीन पुत्रको योजना भने आपसी टकरावकै कारण तुहिने सम्भावना बलियो देखिन्छ ।