देश

अवैध ७० बोरा चिनी बोकेको ट्रक प्रहरी नियन्त्रणमा


काठमाडौँ – बिहीबार दिउँसो सशस्त्र प्रहरीले भारतबाट तस्करी गरी विराटनगरतर्फ ल्याइँदै गरेको ७० बोरा चिनीसहितको ट्रक नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बखरी बिओपीका इनिसपेक्टर दिलबहादुर पन्तको नेतृत्वको टोलीले को १ ख २१२९ नम्बरको मिनी ट्रक नियन्त्रणमा लिएको हो ।

सुनसरी देवनगञ्ज गाउँपालिका– २ का २८ वर्षीय राजेश कुमार खत्वी ट्रकको चालक रहेको खुल्न आएको छ । सवारी देवनगन्ज–२ का विसनदेव मेहताको भएको र तस्करीको चिनी सुनसरीको अमरडुवामा ल्याएर राखिएको अनुसन्धानबाट खुल्न आएको जनाइएको छ ।

बराम चिनी सुनसरीको कप्तानगन्जका होलसेल कारोबारी अरविन यादवको भएको बताइएको छ । चिनीको मूल्य रु.२ लाख १० हजार भएको सशस्त्र प्रहरीको भनाइ छ ।