समाचार

बजेट कार्यक्रम बहिष्कार गर्ने पक्ष र ललितपुरका मेयरबीच सहमति


काठमाडौँ – ललितपुर महानगरपालिकामा यही असार १० गते बजेट कार्यक्रम बहिष्कार गरेका वडाध्यक्ष र मेयर चिरिबाबु महर्जनबीच चार बुँदे सहमति भएको छ ।

आज भएको सहमतिअनुसार ललितपुर महानगरबाट सम्पादन गरिने नीतिनिर्णय एवं वार्षिक कार्यक्रमलाई थप व्यवस्थित बनाइनेछ । सहमतिपत्रमा कार्यपालिका सदस्य रविन्द्र महर्जन, श्रीगोपाल महर्जन र मेयर चिरिबाबुले हस्ताक्षर गरेका छन् ।