बिजनेस

नियामक निकायकै मिलोमतोमा नेपाली शेयर बजारमा व्यापक चलखेल


काठमाडौँ – नेपाली शेयर बजार आधुनिकता तर्फ अग्रसर छ । भौतीक रुपमै शेयर दलालकोमा गएर कारोबार गर्ने युग सकिएर डिजीटल युगमा बजार प्रवेस गर्यो । बजारमा अनलाइन मार्फत कारोबार हुन थाले पछि बजारमा चलखेल नहोला भनेका लगानीकर्ता नियामक कै सेटीङले निरास बनेका छन ।

नेपाली शेयर बजार बेला बखत चर्चा हुने विषय हो इन्साईडर ट्रेडिङ यानिकी भित्री कारोवार । धितोपत्र सम्बन्धि ऐन २०६३ को दफा ९१ र ९२ मा भएको व्यवस्था अनुसार नियामक निकायका परिवारले कुनै पनि कम्पनीको शेयर किन्न नमिल्लने भनिएको छ । तर, पछिल्लो समय नेपालको शेयर बजारको प्रमुख नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष तथा संचालक कै संलग्नतामा शेयरको भित्री कारोबार भएको तथ्य बाहिरिएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र बोर्ड संचालक समितिका सदस्य समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल सर्बोत्तम सिमेन्टको धितोपत्रको भित्री कारोबार प्रकरणमा मुछिएका छन् । त्यस्तै, नेप्सेका प्रमुख चन्द्रसिंह साउद पनि यहि प्रकरणमा मुछिएका छन ।

नेपालको शेयर बजारको इतिहासमा पहिलो पटक बुक बिल्डिङ बिधिबाट प्राथमिक शेयर जारी गर्न लागेको सर्बोत्तम सिमेन्टको शेयर बोर्ड अध्यक्ष ढुंगाना र सदस्य ढकालको परिवारका सदस्यको नाममा खरिद गरिएको खुले सँगै यति बेला धितोपत्र बजारमा हलचल नै मच्चउिको छ । बोर्ड अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा सर्वोत्तमको ११ हजार ९१२ कित्ता शेयर लागत कायम भएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्ष ढकालका भाई हेमराज ढकालको नाममा एक लाख १९ हजार ११७ कित्ता शेयर खरिद भएको पाइएको हो । रेबिका बोर्ड अध्यक्षकी आफ्नै बिबाहित छोरी हुन् भने हेमराज बोर्ड सदस्य चन्द्र ढकालका सहोेदर भाई हुन् । ढकाल सर्वोत्तम सिमेन्टको बिक्री प्रबन्धक समेत रहेको ग्लोबल आईएमई क्यापिटलको माउ कम्पनी ग्लोबल आईएमई बैंकका मुख्य लगाानीकर्ता हुन् । कम्पनीको शेयर मूल्य समेत निर्धारण हुन बाँकी रहेकै अवस्थामा बोर्डको जिम्मेवारी तहमा बसेका व्यक्तीहरु नै भित्री कारोबारमा संलग्न भएका देखिदा नियामक प्रति लगानीकर्ताको विश्वास गुमेको छ ।

हाल सवोत्तमको चुक्ता पूँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेको छ । जसको १५ प्रतिशत अर्थात् ६० लाख कित्ता आइपीओ बुक बिल्डिङ बिधिबाट जारी गर्ने प्रकृयामा छ ।बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन प्रक्रिया अघि बढाउन धितोपत्र बोर्डले संस्थागत लगानीकर्ताको सूची समेत तयार पारिसकेको थियो । कम्पनीले प्रतिकित्ता शेयर मूल्य ७५० रुपैयाँ कायम गर्न बोर्डसमक्ष प्रस्ताव गरिसकेको थियो । नेपाल धितोपत्र बोर्ड बोर्ड सदस्यको आचारसंहिता २०७४ अनुसार बोर्डका अध्यक्ष तथा सदस्यले बोर्डबाट अनुमतिप्राप्त धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्था तथा कारोबारमा आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत तथा पारिवारिक फाइदा हुने क्रियाकलापमा संलग्न हुन रोक लगाएको छ । साथै धितोपत्र सम्बन्धि ऐन २०६३ ले पनि यस्तो कारोबारलाई सूचनाको दुरुपयोग गर्दै भित्री कारोबार गरेको मानेको छ ।

इन्साईडर ट्रेडिङ भएको समचार हरु वाहिरिए पछि अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई स्पष्टीकरण सोधि सकेको छ । अब कस्तो जवाफ देला बोर्डले त्यो हेर्न बाकि छ ।