बिजनेस

दोहोरो अंकले घट्यो नेप्से, १० अर्बमाथिको कारोबार


काठमाडौँ – साताको अन्तिम कारोबारको दिन विहीबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १५.११ अंकले घटेर ३ हजार ७९ दशमलव ८३ विन्दुमा पुगेर थामिएको छ ।

विहीबार दिनभर भएका १ लाख ६ हजार ६८२ कारोबारबाट २१७ कम्पनीका २ करोड ६० लाख ४० हजार २३ कित्ता सेयर किनबेच भएको छ । जसबाट कारोबार रकम १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ३.४७ अंकले घटेर ५७०.८५ विन्दुमा झरेको छ ।

यस दिन होटल तथा पर्यटन र विकास बैंक बाहेका सबै जसो समूहहरु घटेका छन् ।