देश

एनएमबि बैंकले ८.४९ प्रतिशत ब्याजमै गाडी ऋण दिने, ५ वर्ष ब्याज नबढ्ने


काठमाडौँ – एनएमबि बैंकले गाडी कर्जामा नयाँ स्किम ल्याएको छ । नयाँ आर्थिक वर्ष लागेसँगै बैंकले ब्याज दर सस्तो र स्थिर भएको ऋण स्किम ल्याएको हो । ऋण कागजपत्र बुझाएको २४ घण्टामै ऋण स्वीकृत हुने छ ।

बैंकका अनुसार ऋणको ब्याज दर वार्षिक ८.४९ प्रतिशत हुने छ। निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुने गरी ५ वर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको बैंकको विज्ञप्तिमा उल्लेख छ । विद्युतीय गाडीको हकमा भने एनएमबि बैंकले बेस रेटमै कर्जा प्रदान गर्दै आइरहेको छ । असारको आधार दर ७.३३ प्रतिशत छ ।

ग्राहकको आफ्नै गाडी चढने सपनालाई सस्तो ब्याजले सहयोग पुर्‍याउने बैंकले जानकारी गराएको छ । बैंकका देशभर १८१ शाखा छन् । जुनसुकै शाखाबाट पनि ऋण उपलब्ध हुनेछ।