बिजनेस

नेप्सेमा गिरावट, १४ अर्बमाथिको कारोबार


काठमाडौँ – साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचकमा गिरावट आएको छ । सोमबार नेप्से परिसूचक ८.२४ अंकले घटेर तीन हजार ५० दशमलव ४२ विन्दुमा पुगेर थामिएको छ । सोमबार २२३ कम्पनीको तीन करोड ३० लाख ६१ हजार ४४७ कित्ता सेयर एक लाख ३७ हजार २४२ पटक खरिद बिक्री हुँदा कारोबार रकम १४ अर्ब १३ करोड ९७ लाखमा सीमित भयो ।

त्यस्तै सोमबार ११० कम्पनीको सेयर मूल्य बढेको छ भने ६६ कम्पनीको मूल्य घटेको छ । सात कम्पनीको सेयर मूल्य स्थिर रह्यो । आज बिशाल बजार कम्पनी, जानकी फाइनान्स, रिडी, माउण्टेन र ग्रिनलाइ हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।

आज एनआईसी एसिया डिबेन्चर, पोखरा फाइनान्स, सनराइज, लक्ष्मी बैंकको सेयर मूल्य भने घट्यो । आज ङादी ग्रुप पावर कम्पनीको सेयर सबैभन्दा धेरै ३९ करोड ३० लाख बढीको कारोबर भयो । ३३ करोड बढीको सेयर खरिद बिक्री भएको हिमालयन डिष्टिलरीको कारोबार दोस्रो रह्यो ।