बिजनेस

एडिबीद्वारा नेपाललाई १९ अर्ब ८० करोडको ऋण उपलब्ध


काठमाडौँ – एशियाली विकास बैंक (एडिबी) नेपाललाई कोभिड–१९ विरुद्धको खोप खरिदका लागि १९ अर्ब ८० करोड रुपैयाँ ऋण दिने भएको छ।

बैंकको मनिलास्थित प्रधानकार्यालयको अनुसार बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।