समाचार

एसएसपी राणा डीआईजीमा बढुवाका लागि सिफारिस


काठमाडौँ – प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणा प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

बिहीबार गृहसचिव महेश्वर न्यौपाने संयोजक रहेको बढुवा सिफारिस समितिको बैठकले एसएसपी राणालाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

सहकुल बहादुर थापा एआईजीमा बढुवा भएपछि प्रहरीमा एक जना डीआईजीको दरबन्दी रिक्त थियो । बढुवाका लागि सिफारिसमा परेका राणा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीकै ब्याजी हुन् ।