बिजनेस

नेप्से दोहोरो अंकले बढ्यो, ११ अर्बमाथिको कारोबार


काठमाडौँ – साताको अन्तिम कारोबार दिन विहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । विहीबार बजार १८ दशमलव ६७ अंकले बढेर ३ हजार ४ दशमलव ३३ अंकमा पुगेको छ । बजारमा कारोबार रकम भने झण्डै ११ अर्ब ११ करोड ४१ लाख भएको छ । आज कुल २२२ कम्पनीको ५ करोड ५९ लाख ६४ हजार कित्ता सेयर कारोबार भएको छ ।

कुल १३ उपसमुहको कारोबार भएकोमा ५ उपसमुहको मात्र मूल्य बढेको छ । बिहीवार म्युचल फन्ड उपसमुह सबैभन्दा धेरै ५ दशमलव २७ प्रतिशतले बढ्यो । आज सबैभन्दा धेरै लक्ष्मि उन्नति कोषको मूल्य सबभन्दा धेरै १० दशमलव ०४ प्रतिशतले बढ्यो । सीइडीबी हाइड्रोपावर बिकास कम्पनी, ङादी ग्रुप पावरको समेत सर्किट लेवलमा कारोबार भएको छ ।