देश

आज पनि घट्यो सुनको मुल्य


काठमाडौँ – नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । बुधबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज ७ सयले घटेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा किनबेच भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा खरिद बिक्रि भैरहेको छ । हिजो प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मुल्य भने आज १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।