बिजनेस

नेप्सेमा गिरावट, ७ अर्बमाथिको कारोबार


काठमाडौँ – साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाल स्टक एक्चेञ्ज नेप्समा गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ९ दशमलव १० अंकले घटेर २ हजार ९८५ दशमलव ५७ अंकको विन्दुमा कायम भएको छ । मंगलबार २१९ वटा कम्पनीको ३ करोड १६ लाख ८ हजार १९३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अरुण काबेली पावर कम्पनीको शेयर कारोबार भएको छ । त्यसैगरी आज सबैभन्दा धेरै लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्यिुटी फण्डका इकाईधनी र बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

आज सबैभन्दा धेरै आईसीएफसी फाइनान्स कम्पनीका इकाई धनी र नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।