बिजनेस

दोहोरो अंकले बढ्यो नेप्से, ११ अर्बमाथिको कारोबार


काठमाडौँ – साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमबार नेप्से १३.९७ अंकले बढेर २ हजार ९९४ दशमलव ५८ विन्दुमा पुगेर थामिएको छ । सोमबार ११ अर्ब ८१ करोड ३७ लाख बराबरको कारोबार भएको छ ।

सोमबार कारोबारमा आएका २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर १ लाख ७ हजार ७९७ पटक खरिद बिक्री भएको हो । नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज नेप्सेमा सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने विशाल बजार कम्पनीको शेयरमूल्य ९.२० प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अधिकांश डिभेञ्चरको शेयरमूल्यमा गिरावट आएको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा एनआईसी एसिया बैंकको कारोबार भएको छ ।