बिजनेस

सुनको मुल्यमा दुई सयले वृद्धि


काठमाडौँ – सोमबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले बढेको छ । गत आइतबार बजारमा प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा २०० रुपैयाँले बढेर ९२ हजार ८०० रुपैयाँ पुगेको हो ।

आज तेजाबी सुनको मूल्य समेत गत आइतबारको तुलनामा २०० रुपैयाँले नै बढेर ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तर, यता चाँदीको मूल्य भने केही दिनको लगातार गिरावटसँगै थप सोमबार प्रतितोला ५ रुपैयाँले घटेर एक हजार २९० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।