बिजनेस

नेप्से परिसूचक उच्च अंकले बढ्यो, ११ अर्बमाथिको कारोबार


काठमाडौँ – साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक उच्च अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ९७.२१ अंकले बढेर २ हजार ९८० दशमलव ६१ विन्दुमा पुगेको छ । आज कारोबार रकममा पनि वृद्धि भएको छ । यस दिन २ सय २१ कम्पनीहरूको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४९३ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।

आइतबार सबै समूहहरूको उपसूचकहरू बढेका छन् । जसमध्ये विकास बैंक समूहतर्फ सबैभन्दा बढी ५.०५ प्रतिशतको वृद्धि भएको छ । यसपछि बैंकिङको ४.७१ प्रतिशतको वृद्धि भएको छ ।

आइतबार हिमालयन पावर पार्टनर लिमिटेड, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, न्याग्दी ग्रुप पावर लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ ।