समाचार

अमेरिका पुर्‍याएका ३ वटा मूर्ति तथा कलावस्तु नेपाल ल्याइयो


काठमाडौँ – तस्करहरुले विभिन्न समयमा नेपालबाट चोरी गरी अमेरिका पुर्‍याएका तीन थान पुरातात्विक महत्वका मूर्ति तथा कलावस्तु काठमाडौँ ल्याइएको छ ।

संस्कृति, पर्यटन तथा नगारिक उड्डयन मन्त्रालयका अनुसार हिजो ल्याइएका १३ औं शताब्दीको अप्सराको रंगिन आकृति कुँदिएको काठको टूँडाल, १४ औं–१५ औं शताब्दीको भूमिस्पर्श मुद्रामा बसेको बुद्धको सुनौलो मूर्ति र १५ औं–१६ औं शताब्दीको बसेको गणेशको मूर्ति नेपाल ल्याइएको हो ।