गण्डकी प्रदेश

पोखराका मेयरलाई मस्तिष्काघात भएपछि हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै


काठमाडौँ – पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मस्तिष्काघात भएर काठमाडौँ ल्याइँदै छ । उनलाई शुक्रबार बिहान मस्तिष्काघात भएपछि हेलिकप्टरबाट ल्याँइदै गरेको हो ।

उच्च रक्तचापका कारण शरीरको देब्रे भाग चल्नमा समस्या आएको र रगत सञ्चालन नभएपछि बाँसबारीस्थित न्यूरो अस्पतालमा ल्याउने तयारी भईरहेको जनाएको छ । जिसीको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको बताइएको छ ।
यसअघि जिसीलाई पोखराकै मणिपाल शिक्षण अस्पतालमा उपचार गराइएको थियो ।