बिजनेस

नेप्सेमा ६.९ अंकले वृद्धि


काठमाडौँ – साताको अन्तिम कारोबारमा आज सेयर बजार परिसूचक नेप्से ६ दशमलव ९ अंकले बढेको छ । आज २२३ कम्पनीका पाँच करोड ८५ लाख २ हजार १०९ कित्ता सेयर ७३ हजार २७२ पटक खरिद बिक्री हुँदा कारोबार रकम ८ अर्ब १४ करोड ३६ लाख भन्दा धेरै भएको हो ।


यस्तै ९ वटा कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले बढ्दा बैंकिङ, फाइनान्स, जलविद्युत्, माइक्रो फाइनान्स, म्यूचल फण्ड, निर्जीवन बिमा तथा व्यापार उपसमूहमा हरियाली छाएको छ । आज गोर्खा फाइनान्स कम्पनीको सबैभन्दा धेरै सेयर किनबेच भएको छ ।