बिजनेस

नेप्सेमा झिनो अंकले बढ्यो, ५ अर्बमाथिको कारोबार


काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कोरोबारको चौथो दिन बुधवार झिनो अंकको बृद्धि भएको छ । मंगलबार नेप्से १६.३४ अंकले बढेर दुई हजार आठ सय ७१ दशमलब ०३ विन्दुमा पुगेको थियो । बुधवार नेप्से १.१ अंकले बढेर दुई हजार आठ सय ७२ दशमलब ५ विन्दुमा पुगेको छ भने ५ अर्ब ६५ करोड ४५ लाख बराबरको कारोबार भएको छ ।

बुधवार कारोबार भएका समूहमध्ये पाँच समूह बढेका छन् भने अन्य समूह घटेका छन् । नेप्सेका अनुसार बुधवार तीन कम्पनीको शेयरमूल्यमा उच्च सुधार भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा हिमालयन पावर पार्टनर, नेपाल फाइनान्स लिमिटेड र कालिका पावर कम्पनी रहेको छ ।

त्यस्तै, आज ६ कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी गुँरास फाइनान्स कम्पनीको भएको छ ।