राजनीति

ओलीले भने : आफ्नै पार्टीको सरकार ढाल्न अगुवाई गर्ने माधवलाई एमालेमा कुनै स्थान छैन


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको सरकार ढाल्न अगुवाई गर्ने माधव नेपाललाई पार्टीमा कुनै स्थान नभएको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेका ओलीले सम्बोधन गर्दै ओलीले अरु साथीहरुलाई कमजोरी स्वीकार गरेर आए पार्टीमा स्वागत भए पनि नेपाललाई आत्मालोचना, कमिकमजोरी स्वीकार गरे पनि कुनै स्थान नभएको बताउनुभयो ।

माधन नेपाल आफ्नै पार्टीको सरकार ढाल्न अगुवाई गर्ने व्यक्ति भएको बताउनुभयो । अदालतमा निवेदन हालेर सँधै परामादेशबाट किस्तिमा सरकार नपाइने चेतावनी उनले दिए।